आगामी निर्वाचनमा नेकपा पहिलो पार्टी बन्छ : माधवकुमार नेपाल

148 Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले आगामी निर्वाचनमा जनताले आफ्नो पार्टीलाई विजयी गराउन चाहेको दाबी गर्नुभएको छ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले देशैभर नेकपालाई पहिलो पार्टी बनाउन लहर नै चलेको जिकिर गर्नुभयो। युवा पुस्ताको चाहना र नेपाली जनताको भावनाअनुसार काम गर्ने प्रतिबद्धताका कारण जनताले आफ्नो पार्टीलाई रुचाएको उहाँको भनाइ थियो।

सह–संयोजक नेपालले आफूहरू जेन–जी (Gen Z) पुस्ताको भावना र अपेक्षाअनुसार अघि बढिरहेको दाबी पनि गर्नुभयो।