नेपाली कांग्रेसको नयाँ कार्यसमिति शुक्रबार सानेपामा केन्द्रीय कार्यालय जाने

152 Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति शुक्रबार केन्द्रीय कार्यालय सानेपामा जाने भएको छ।

गत पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट कांग्रेसको सभापति पदमा गगन थापा निर्वाचित भएका थिए। थापा नेतृत्वको कार्यसमिति अहिलेसम्म केन्द्रीय कार्यालय सानेपामा उपस्थित भएको थिएन। यसअघि दुई वटा केन्द्रीय कार्यसमिति र संसदीय बोर्ड बैठक पार्टी प्यालेस र होटलहरूमा बसेको थियो।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार सभापति थापासहित सबै सदस्य केन्द्रीय कार्यालय सानेपामा जानेछन् र त्यहाँ केन्द्रीय समिति बैठक पनि बस्नेछ। अधिकांश नेताहरू प्रतिनिधि सभा निर्वाचनका लागि आफ्ना क्षेत्र पुगेकाले काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठक शुक्रबार दिउँसो बस्ने उनले बताए।