कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

168 Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार तरकारी, फलफूल, सागसब्जी तथा अन्य खाद्य वस्तुहरूको मूल्य फरक–फरक तोकिएको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ८०, गोलभेँडा ठूलो (भारतीय) ९५, गोलभेँडा सानो (लोकल) ४५, सानो (टनेल) ७५, सानो (भारतीय) ५० र सानो (तराई) ६० रुपैयाँ रहेको छ। आलु रातो ३०, आलु रातो (भारतीय) २६ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ४४ रुपैयाँ कायम गरिएको छ।

यस्तै, गाजर (तराई) ५०, बन्दा (लोकल) ६०, बन्दा (तराई) ५०, काउली स्थानीय ७०, काउली (ज्यापू) ८०, काउली तराई ६०, रातो मूला ४०, सेतो मूला (लोकल) १५ र (हाइब्रिड) २० रुपैयाँ प्रतिकिलो तोकिएको छ। भन्टा लाम्चो ६०, भन्टा डल्लो ८० र मकै बोडी ५० रुपैयाँ प्रतिकिलो रहेको छ।

दलहन तथा अन्य तरकारीतर्फ मटरकोसा ९०, घिउ सिमी (लोकल) १२०, घिउ सिमी (हाइब्रिड) १००, घिउ सिमी (राजमा) १४०, टाटे सिमी १००, तिते करेला १६०, लौका ९०, परबर (तराई) २४०, फर्सी पाकेको ५५ र हरियो फर्सी ४५ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

सागसब्जीमा रायोसाग ३५, पालुङ्गो ८०, चमसुर ८०, तोरीको साग ४५, मेथी ८०, हरियो प्याज ५० र बकुला ९० रुपैयाँ प्रतिकिलो तोकिएको छ। च्याउतर्फ कन्य च्याउ १००, डल्ले च्याउ ५००, राजा च्याउ ३०० र सिताके च्याउ प्रतिकेजी १ हजार रुपैयाँ कायम गरिएको छ। कुरिलोको मूल्य प्रतिकिलो १ हजार ८५० रुपैयाँ तोकिएको छ।

फलफूलतर्फ स्याउ (झोले) २८०, स्याउ (फुजी) ३५०, केरा (दर्जन) १८०, कागती ११०, अनार ३५०, सुन्तला (नेपाली) १६५, तरबुजा १००, जुनार १३० र भुइँकटहर प्रतिगोटा १५५ रुपैयाँ निर्धारण गरिएको छ।

यस्तै, नास्पाती (चाइनिज) २४०, मेवा (नेपाली) ७०, मेवा (भारतीय) ११०, लप्सी १२०, स्ट्रबेरी ५००, किबी २८० र एभोकाडो ३५० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

मसला तथा अन्य उपजमा अदुवा ११०, अमला ८०, सुकेको खुर्सानी ४२०, हरियो खुर्सानी ११०, अकबरे खुर्सानी ६५०, लसुन सुकेको (चाइनिज) २३५ र लसुन सुकेको (नेपाली) १८० रुपैयाँ प्रतिकिलो रहेको छ।

यसैगरी माछातर्फ माछा सुकेको प्रतिकिलो १ हजार, ताजा माछा (रहु) ३४०, बचुवा २८० र छडी २५० रुपैयाँ कायम गरिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।