निर्वाचन नजिकिँदै प्रशासनद्वारा लाइसेन्सप्राप्त हतियार बुझाउन सूचना जारी

155 Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा प्रशासनले इजाजत प्राप्त हतियार बुझाउन सर्वसाधारणलाई सूचना जारी गरेको छ।

गृह मन्त्रालयको निर्देशनपछि ७७ वटै जिल्ला प्रशासन कार्यालयले आ–आफ्नो जिल्लामा सूचना जारी गर्दै निर्वाचन अवधिभर लाइसेन्सप्राप्त हतियारसमेत सुरक्षा चुनौती बन्न सक्ने भन्दै हतियार बुझाउन आग्रह गरेका हुन्।

यसअघि पनि प्रशासनले हरेक निर्वाचनको समयमा लाइसेन्सप्राप्त हतियार बुझाउनुपर्ने व्यवस्था लागू गर्दै आएको छ।

यसैबीच, गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा लुटिएका सुरक्षाकर्मीका हतियार फिर्ता ल्याउन प्रहरीले काम गरिरहेको जनाएको छ।

मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री ओमप्रकाश अर्यालले माघ महिनाभित्र अधिकांश हतियार फिर्ता ल्याउने प्रयास भइरहेको जानकारी दिनुभएको थियो।