एजेन्सी । ट्युनिसियामा सन् १९५० पछि परेको सबैभन्दा भारी वर्षाका कारण आएको विनाशकारी बाढीमा ४ जनाको मृत्यु भएको छ।
देशको पूर्वी तटीय क्षेत्रमा २३० मिलिमिटरसम्म वर्षा मापन गरिएको छ। यसले सडकहरू जलमग्न बनाएको र नदी तथा खोलाहरूमा ठूलो बाढी आएको सरकारी निकायहरूले जनाएको छ।
उच्च जोखिमयुक्त क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ र उद्धार कार्यमा सेना समेत परिचालन गरिएको छ। बाढीका कारण सडक अवरुद्ध भएका छन् र सवारी साधनहरू फसेका छन्।
८ भन्दा बढी गभर्नोरेट (प्रान्त) हरूमा विद्यालयहरू बन्द गरिएको छ भने मुख्य सडकहरू ठप्प भएका छन्। नागरिक सुरक्षा विभागले १०६ भन्दा बढी स्थानमा उद्धार कार्य सञ्चालन गर्दै १५ जनाको उद्धार र ३ सय जनालाई बाढीग्रस्त क्षेत्रबाट सुरक्षित गराएको छ।
राष्ट्रपति कैस सैयदले देशभर उद्धार कार्यमा सेनालाई सहभागी हुन निर्देशन दिनुभएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया