एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डको भूमिमा अमेरिकी झण्डा गाड्दै गरेको तस्बिर सार्वजनिक गर्नुभएको छ।
उहाँले मंगलबार सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियल मार्फत सो तस्बिर साझा गर्नुभएको हो। तस्बिरमा ट्रम्पसँगै अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियो पनि देखिएका छन्। नजिकै रहेको संकेतपाटीमा “ग्रिनल्याण्ड–अमेरिकी भू-भाग, स्थापना सन् २०२६” लेखिएको छ।
उक्त दिन ट्रम्पले अर्को तस्बिर पनि सार्वजनिक गर्नुभएको थियो, जसमा उहाँ ओभल कार्यालयमा युरोपेली नेताहरूसँग भेट गरिरहनु भएको देखिन्छ। उहाँको पछाडि राखिएको नक्सामा संयुक्त राज्य अमेरिका, क्यानाडा, ग्रिनल्याण्ड र भेनेजुएला अमेरिकी झण्डाको मुनि देखाइएको छ।
यसैबीच, राष्ट्रपति ट्रम्पले ग्रिनल्याण्डको विषयमा नाटोका महासचिव मार्क रुटसँग टेलिफोन संवाद समेत गर्नुभएको थियो।







फेसबुकबाट तपाईको प्रतिक्रिया