काबुलको मध्य भागमा शक्तिशाली विस्फोट, ७ जनाको मृत्यु

168 Shares

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा सोमबार दिउँसो भएको शक्तिशाली विस्फोटमा परी ७ जनाको मृत्यु भएको छ।

इमर्जेन्सी नामक मानवीय संस्थाका अनुसार अस्पताल ल्याइएका २० जनामध्ये ७ जनालाई मृत घोषित गरिएको हो। अफगानिस्तानका लागि संस्थाका राष्ट्रिय निर्देशक डेजन पानिकले घाइतेमध्ये चार महिला र एक बालक रहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार अधिकांश घाइतेहरूको शरीरमा गहिरो चोट लागेको छ र केहीको शल्यक्रिया भइरहेको छ।

यसैबीच, गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले काबुलको एक रेस्टुरेन्टमा विस्फोट भएको पुष्टि गर्दै घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताउनुभयो। हालसम्म उक्त विस्फोटको जिम्मेवारी कुनै पनि समूहले नलिएको उहाँले जानकारी गराउनुभएको छ।