काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बुधबार बिहान कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागमा साधारणतया बदली रहेको छ भने पहाडी भू–भागमा आंशिक बदली देखिएको छ। बाँकी हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। तराईका केही स्थानमा हुस्सु लागेका कारण जनजीवन प्रभावित भएको छ।
बुधबार दिउँसो तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले जनजीवन प्रभावित हुन सक्ने महाशाखाको अनुमान छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
त्यसैगरी, बुधबार राति पनि तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने र अन्य भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया