काठमाडौं। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताको निर्धारित समय सकिएको छ।
तर, साँझ ५ बजेसम्म मुद्दा निर्वाचन अधिकृत र कार्यालय प्रवेश गरेका उम्मेदवारहरू प्रभावित नहुने निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कतिपय जिल्लामा रातिसम्म पनि उम्मेदवारी दर्ता प्रक्रिया जारी रहने छ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आज देशभर मनोनयन दर्ता भइरहेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक प्रणालीबाट र १६५ जना प्रत्यक्ष प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ। समानुपातिकतर्फको मनोनयन गत पुस १३ र १४ गते भइसकेको थियो भने प्रत्यक्षतर्फको मनोनयन आज भइरहेको हो।







फेसबुकबाट तपाईको प्रतिक्रिया