173
Shares
काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार अपराह्न कार्यकर्ताको ठूलो सहभागितासहित निर्वाचन कार्यालय पुगेर उनले मनोनयनपत्र दर्ता गरेका हुन्।
यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका कोइरालाले एमालेका लालबाबु पण्डितलाई पराजित गरेका थिए। यसपटक मोरङ–६ मा कोइरालासँग एमालेका विनोद ढकालबीच चुनावी प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया