173
Shares
काठमाडौं। मेडिक व्यवसायी दुर्गा प्रसाईँलाई काठमाडौं प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ। जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, प्रसाईँको बयान लिइसकेपछि हिरासतमा राख्न आवश्यक नदेखिएपछि उनी आफन्तको जिम्मामा छोडिएका हुन्।
प्रसाईँ पोखरा लेकसाइडमा आयोजित नागरिक सभालाई सम्बोधन गरी फर्किने क्रममा हिजो चाउथेबाट पक्राउ परेका थिए।
उनी कांग्रेसको आधिकारिकता विवादमा निर्वाचन आयोगले पैसा लिएर निर्णय गरेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए। यसका कारण निर्वाचन आयोगले आइतबार कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गर्दै साइबर ब्युरोमा पत्राचार गरेको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया