पर्सा अदालतले रवि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग्यो

201 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटी माग गरेको छ। न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा उक्त धरौटी माग गर्ने आदेश दिएको हो।

अदालत स्रोतले नेपाल प्रेससँग धरौटी माग गरिएको पुष्टि गरेको छ। गत असार १ गते वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। उक्त मुद्दामा ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ।

लामिछाने अदालतमा हाजिर भइसकेका छन्। उनी चितवन–२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्न जाने तयारीमा रहेका बेला अदालतको आदेश आएको हो।