काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीले पदबाट राजीनामा दिएपछि रिक्त भएका मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने गरी तोक्नुभएको छ।
राष्ट्रपति पौडेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै रिक्त मन्त्रालयहरूको जिम्मेवारी प्रधानमन्त्री कार्कीलाई दिने निर्णय भएको जानकारी दिनुभएको हो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएपछि उनीहरूले सम्हालेका मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
तीनै जना मन्त्रीहरूले राजीनामा दिएर आगामी निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गराउने योजना बनाएको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया