ललितपुर–३ मा रास्वपाबाट तोसिमा कार्की उम्मेदवार, पुनः चुनावी प्रतिस्पर्धामा

160 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ललितपुर क्षेत्र नम्बर ३ मा तोसिमा कार्कीलाई उम्मेदवारको टिकट दिएको छ। अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएकी कार्की यसपटक पनि क्षेत्र नम्बर ३ बाटै चुनाव लड्ने पक्का भएको हो।

तोसिमा कार्की अघिल्लो कार्यकालमा स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा रहनुभएको थियो। दोस्रो पटक सांसद बन्ने लक्ष्यसहित उनी पुनः चुनावी प्रतिस्पर्धामा उत्रिएकी हुन्। उनी रास्वपाकी केन्द्रीय सदस्यसमेत हुन्।