पश्चिमी वायूको आंशिक प्रभाव, हिमाली क्षेत्रमा बादल र तराईमा हुस्सु

199 Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने पहाडी भू–भागमा आंशिक बादल देखिएको छ। बाँकी हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। तराईका केही स्थानमा हुस्सु लागेका कारण जनजीवन कष्टकर बनेको छ।

मंगलबार दिउँसो पनि तराई भू–भागका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले जनजीवन प्रभावित हुन सक्ने जनाइएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

त्यस्तै, मंगलबार राति तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ। पहाडी तथा हिमाली भू–भागमा भने मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।