जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टिकट वितरणमा चलखेल भएको आरोप लगाउँदै जनकपुरमा नेता तथा कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन्।
रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह बसेको होटल बाहिर पार्टीका नेता–कार्यकर्ताहरू भेला भएर विरोध गरिरहेका छन्। हाल लामिछाने र शाह सोही होटलमा बसिरहेका छन्।
प्रदर्शनकारीहरूको आरोप अनुसार विभिन्न निर्वाचन क्षेत्रका बाँकी उम्मेदवारहरूलाई होटलमै बसेर टिकट वितरण गरिएको छ। आजै बालेन शाहले पनि सभापति लामिछानेमार्फत सोही होटलमा टिकट लिएको जनाइएको छ।
लामिछाने, बालेनलगायत पार्टीका शीर्ष नेताहरू हिजो नै जनकपुर पुगेका थिए। उनीहरूले आज जनकपुरमा आयोजित चुनावी सभामा सहभागिता जनाइसकेका छन्।
टिकट वितरण प्रक्रिया अपारदर्शी भएको भन्दै पार्टीभित्र असन्तुष्टि चुलिँदै गएको संकेत विरोध प्रदर्शनबाट देखिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया