कांग्रेसले १७ निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्यायो

169 Shares

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ।

पार्टी सभापति गगन थापाले शीर्ष नेताहरूसँगको परामर्श तथा छलफलपछि ती निर्वाचन क्षेत्रका उम्मेदवार निश्चित गरेका हुन्।

कांग्रेस स्रोतका अनुसार निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार चयन प्रक्रिया चरणबद्ध रूपमा अघि बढाइएको छ। बाँकी निर्वाचन क्षेत्रका उम्मेदवार पनि चाँडै सार्वजनिक गरिने पार्टीले जनाएको छ।

टुंगिएका उम्मेदवारहरू

  • हुम्ला – जयपति रोकाया

  • मुगु – खड्ग बहादुर

  • जुम्ला – दीप बहादुर शाही

  • डोल्पा – कर्ण बहादुर बुढा

  • कालिकोट – हर्ष बम

  • दैलेख–१ – दिक्पाल शाही

  • दैलेख–२ – बासना थापा

  • सल्यान – केश बहादुर विष्ट

  • बाजुरा – जनक गिरी

  • पूर्वी रूकुम – कुसुम थापा मगर

  • रोल्पा – डा. सुधन कुमार ओली

  • प्युठान – डा. गोविन्दराज पोखरेल

  • ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ

  • पाँचथर – नरेन्द्र केरूङ

  • बैतडी – चतुर बहादुर चन्द

  • तेह्रथुम – सन्तोष सुब्बा

  • धनकुटा – दिनेश राई