काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कालिकोट क्षेत्रबाट फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि महेन्द्रबहादुर शाहीलाई टिकट दिएको छ।
पहिला कालीकोटबाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सिफारिस गरिएको थियो, तर प्रचण्डले रुकुमपूर्वबाट चुनाव लड्ने घोषणा गरेपछि शाहीलाई उम्मेदवार बनाइएको हो।
शाही यसअघि २०६४ साल यता कालिकोटबाट लगातार चुनाव जित्दै आएका छन्। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका शाही २०७४ मा कर्णाली प्रदेशको चुनाव लडेर मुख्यमन्त्री बनेका थिए। २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पनि उनी विजयी भएका थिए।
नेकपाकी नेता विमला केसी का अनुसार, प्रारम्भमा ११ जना आकांक्षी थिए, तर बृहत् छलफलपछि अन्तिम निर्णयमा शाहीलाई टिकट दिइएको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया