178
Shares
काठमाडाैं । नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्।
निर्वाचन आयोगले प्रसाईंमाथि अनुसन्धान गर्न साइबर ब्यूरो र जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको थियो। प्रसाईंले कांग्रेसको विशेष महाधिवेशन पक्षले ५२ करोड बुझाएर नतिजा आफ्नो पक्षमा पारेको दावी गर्दै सार्वजनिक गरेको भिडियो अनुसन्धानको केन्द्रबिन्दु बनेको हो।
प्रसाईंमाथि निर्वाचन कसुर सम्बन्धी अपराध र मुलुकी फौजदारी संहिता अन्तर्गतको अपराधमा कारबाहीको माग गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया