युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

161 Shares

काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन्।

गत कात्तिक ९ गते मन्त्री बनेका गुप्ताले सोमबार राजीनामा दिएको बताएका हुन्। पछिल्लो समय अमेरिका भ्रमणमा जाने विषयलाई लिएर उनी विवादमा परेका थिए। अमेरिका जाने विषयमा विवाद चुलिएपछि प्रधानमन्त्री सुशीला कार्कीसमेत असन्तुष्ट बनेको बताइएको छ।

राजीनामा बुझाइसकेको जानकारी दिँदै मन्त्री गुप्ताले सोमबार सार्वजनिक बिदा परेकाले दर्ता हुन नसकेको बताएका छन्। उनले मंगलबारसम्म आफ्नो राजीनामा स्वीकृत हुने अपेक्षा रहेको जानकारी गराएका छन्।