काठमाडौं । नेपाल प्रहरीका आठ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ।
प्रहरी प्रधान कार्यालयले अरुण पौडेल, जयराज सापकोटा, दिनेश कुमार आचार्य र दिपक रेग्मीको सरुवा गरेको हो। यसैगरी दिपेन्द्र घर्ती क्षेत्री, भुपेन्द्रबहादुर खत्री, माधव प्रसाद श्रेष्ठ र राजेन्द्र प्रसाद भट्टको पनि सरुवा गरिएको छ।
सरुवा अनुसार अरुण पौडेललाई प्रहरी प्रधान कार्यालयको कार्यविभाग कार्य निर्देशनालयमा, जयराज सापकोटालाई कर्णाली प्रदेशमा, दिनेश कुमार आचार्यलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा र दिपक रेग्मीलाई अन्वेषण योजना तथा विकास निर्देशनालयमा पठाइएको छ।
त्यस्तै, दिपेन्द्र घर्ती क्षेत्रीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा, भुपेन्द्रबहादुर खत्रीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाजिम्पाटमा, माधव प्रसाद श्रेष्ठलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा र राजेन्द्र प्रसाद भट्टलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा सरुवा गरिएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया