रास्वपाका वरिष्ठ नेता बालेन शाह जनकपुर पुगे, स्वागतका क्रममा विमानस्थलमा धकेलाधकेल

192 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह जनकपुर पुगेका छन्।

काठमाडौं महानगरपालिकाको मेयर पदबाट आइतबार राजीनामा दिएपछि उनी घण्टीघर पुगेर जनकपुर प्रस्थान गरेका हुन्।

जनकपुर विमानस्थलमा रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह लगायतका नेताहरूलाई स्वागत गर्न समर्थकहरूको ठूलो भिड लागेको थियो। सो क्रममा एकआपसमा धकेलाधकेल हुँदा विमानस्थलको सिसाको ढोका फुटेको जनाइएको छ।

घटनापछि सुरक्षाकर्मीहरूले स्थिति नियन्त्रणमा लिएका थिए। यस सम्बन्धमा थप विवरण आउन बाँकी छ।