राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले राजीनामा दिए, प्रतिनिधिसभा चुनाव लड्ने तयारी

147 Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले आज राजीनामा दिएका छन्। संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार श्रेष्ठले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ चुनाव लड्ने तयारी गर्दैछन्।

श्रेष्ठले २०७० मा मकवानपुर, २०७४ मा गोरखा निर्वाचनमा भाग लिएका थिए। त्यसपछि २०७६ मा उनी राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार भइ निर्वाचित भएका थिए। ६५ वर्षीय श्रेष्ठको राष्ट्रिय सभा सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिन लागेको थियो।

प्रतिनिधिसभा सदस्य निर्वाचन आगामी फागुन २१ गते हुने भएकाले पर्सि उम्मेदवारी दर्ता हुने समय तोकिएको छ। त्यसको दुई दिनअघि नै उनले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका हुन्।