काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन तथा जनसभा आयोजना गर्ने भएको छ।
एमाले बागमती प्रदेश कमिटीको आयोजनामा आज दिउँसो काठमाडौंको भृकुटीमण्डपमा निर्वाचनकेन्द्रित जनप्रदर्शन हुन लागेको हो। भृकुटीमण्डपबाट सुरु हुने जनप्रदर्शन प्रज्ञाभवन, कमलादीमा पुगेर जनसभामा परिणत हुने बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलले जानकारी दिनुभएको छ।
मध्यान्ह १२ बजेदेखि सुरु हुने जनप्रदर्शन तथा जनसभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बागमती प्रदेश कमिटीले विशेष चुनावी अभियानको औपचारिक थालनीका रूपमा यो कार्यक्रम आयोजना गरेको हो। एमालेले केही निर्वाचन क्षेत्रबाहेक अधिकांश स्थानमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार टुंग्याइसकेको जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया