नेकपाले सिन्धुपाल्चोक–१ मा माधव सापकोटा ‘सुबोध’लाई उम्मेदवार बनायो

154 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सिन्धुपाल्चोक–१ निर्वाचन क्षेत्रमा युवा नेता माधव सापकोटा ‘सुबोध’लाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ।

सापकोटा सोही क्षेत्रका निवर्तमान सांसद हुन्। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान उनलाई उम्मेदवारीको टिकट प्रदान गर्नुभएको हो।

प्रतिनिधिसभा सदस्य निर्वाचन आगामी फागुन २१ गते हुँदैछ। निर्वाचन आयोगको कार्यतालिकाअनुसार यही माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता हुने कार्यक्रम छ।