174
Shares
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता बामदेव गौतमले आगामी प्रतिनिधिसभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर–१ बाट उम्मेदवार बन्ने तयारीस्वरूप राष्ट्रिय सभा सदस्य पदबाट आइतबार राजीनामा दिने घोषणा गर्नुभएको छ ।
शनिबार बर्दियामा मतदातासँगको भेटघाटका क्रममा गौतमले यसबारे जानकारी दिँदै राजीनामा दिन काठमाडौं फर्किने बताउनुभयो । उहाँ २०७७ असोज १ गते राष्ट्रिय सभा सदस्यमा मनोनीत हुनुभएको थियो ।
लामो समयपछि गौतम पुनः बर्दिया–१ बाट चुनावी प्रतिस्पर्धामा उत्रन लाग्नुभएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया