ग्रिनल्यान्ड गाभ्ने ट्रम्पको अभिव्यक्तिबीच अमेरिकी सांसदहरूको डेनमार्क भ्रमण

181 Shares

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई अमेरिकामा गाभ्ने विषयमा सार्वजनिक रूपमा अभिव्यक्ति दिइरहेका बेला अमेरिकी संसद्को एक टोली डेनमार्क भ्रमणमा पुगेको छ।

आर्कटिक क्षेत्रमा अवस्थित डेनमार्कको अर्ध–स्वायत्त क्षेत्र ग्रिनल्यान्डमाथि दबाब बढाइरहेका ट्रम्पको भनाइसँगै अमेरिकी सांसदहरूको डेनमार्क भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ११ सदस्यीय अमेरिकी संसदीय प्रतिनिधिमण्डलले डेनमार्कका सांसदहरूका साथै त्यहाँकी प्रधानमन्त्री मेट फ्रेडरिकसेन र ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सनसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

ट्रम्पलाई आफ्नो योजनाबाट पछि हटाउन गरिएका प्रयासहरू असफल भइरहेका बेला अमेरिकी सांसदहरू उक्त भ्रमणमा निस्किएका हुन्। ट्रम्पले ग्रिनल्यान्ड अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि अत्यावश्यक रहेको दाबी गर्दै गाभ्नैपर्ने अडान लिँदै आएका छन्।

उनले अमेरिकाले ग्रिनल्यान्ड नलिएमा रुस र चीनले त्यहाँ प्रभाव विस्तार गर्न सक्ने तर्क पनि प्रस्तुत गर्दै आएका छन्। तर डेनमार्क र ग्रिनल्यान्ड दुवैले ट्रम्पको योजनाको स्पष्ट विरोध गर्दै आएका छन्