काठमाडौं । भक्तपुरमा शुक्रबार राति एक युवकले आफ्नै आमाको हत्या गरेका छन्।
मध्यपुर थिमि नगरपालिका–३ तेर्सेटामा २७ वर्षीय प्रविण भण्डारीले ५० वर्षीया आमा सरिता भण्डारीको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश जबेगुले जानकारी दिनुभयो।
धनुषाको मिथिला नगरपालिका–११ स्थायी घर भई उनीहरू तेर्सेटारमा डेरामा बस्दै आएका थिए। शुक्रबार राति छोराको आक्रमणबाट गम्भीर घाइते भएकी सरिताको उपचारका क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा मृत्यु भएको डीएसपी जबेगुले बताउनुभयो।
आमामाथि आक्रमण गरेपछि प्रविण भण्डारीले पनि आफ्नै टाउकोमा धारिलो हतियार प्रहार गरेको र उनी पनि घाइते अवस्थामा रहेको प्रहरीले जनाएको छ।
घटनाका कारण र पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया