काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १०५, सानो गोलभेँडा (लोकल) ७०, टनेल गोलभेँडा १००, सानो भारतीय गोलभेँडा ८० र तराई गोलभेँडा ९५ रुपैयाँ कायम गरिएको छ। आलु रातो ३२, भारतीय आलु २७ र सुकेको प्याज (भारतीय) प्रतिकिलो ४५ रुपैयाँ छ।
तरकारीतर्फ गाजर (लोकल) ८०, बन्दा (लोकल) ८०, तराई बन्दा ५५, काउली स्थानीय १२०, ज्यापू काउली १४०, तराई काउली १००, रातो मूला ४०, सेतो मूला २०, भन्टा ७०–८०, भिन्डी १२० र घिरौँला ११० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
हरियो सागसब्जीमा रायोसाग ४५, पालुङ्गो ८०, तोरीको साग ५०, हरियो प्याज ६०, च्याउ (कन्य) १३०, डल्ले च्याउ ४५०, राजा च्याउ ३०० र सिताके च्याउ १,००० रुपैयाँ प्रतिकिलो तोकिएको छ। कुरिलो प्रतिकिलो २,०५० रुपैयाँ रहेको छ।
फलफूलतर्फ स्याउ (झोले) २८०, फुजी स्याउ ३५०, केरा (दर्जन) १८०, कागती १००, अनार ३५०, नेपाली सुन्तला १४०, तरबुजा १००, जुनार १२० र भुइँकटहर प्रतिगोटा १५५ रुपैयाँ कायम गरिएको छ।
मसला तथा अन्य वस्तुमा अदुवा १००, अमला ८०, हरियो खुर्सानी १२०, अकबरे खुर्सानी ६५०, हरियो लसुन १२०, सुकेको लसुन (चाइनिज) २८० र नेपाली सुकेको लसुन २०० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
त्यसैगरी माछातर्फ सुकेको माछा प्रतिकिलो १,०००, ताजा रहु माछा ३४०, बचुवा २८० र छडी माछा २५० रुपैयाँ निर्धारण गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया