निर्वाचन आयोग अगाडि देउवा पक्षको नाराबाजी, कान्तिपथ तनावग्रस्त

168 Shares

काठमाडौं — नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता तथा कार्यकर्ता निर्वाचन आयोग अगाडि नाराबाजीमा उत्रिएका छन्।

शुक्रबार दुवै पक्षका नेताहरूले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूलाई भेटेर आफ्ना धारणा राखेपछि आयोग बाहिर दुवै पक्षका कार्यकर्ताहरू नाराबाजीमा उत्रिएका हुन्। यसका कारण कान्तिपथ क्षेत्रको अवस्था तनावपूर्ण बनेको छ।

संभावित अप्रिय अवस्था टार्न उक्त क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।