गोर्खा मिडिया सहकारी ठगी मुद्दामा अभियोगपत्र संशोधन स्वीकृत

195 Shares

काठमाडौं — महान्यायाधिवक्ता सविता भण्डारी बरालले गोर्खा मिडिया प्रालिसँग जोडिएको सहकारी ठगी प्रकरणमा सबै आरोपितविरुद्ध दायर गरिएका दुई अभियोगपत्र संशोधन गर्न स्वीकृति दिनुभएको छ।

यसअघि गत बुधबार रवि लामिछानेको हकमा मात्रै निर्णय भएकोमा त्यसको दायरा विस्तार गर्दै जीबी राई, छविराज जोशीलगायत अन्य आरोपितहरूका हकमा समेत दुई अभियोग फिर्ता हुने निर्णय गरिएको हो। महान्यायाधिवक्ता कार्यालयसम्बद्ध स्रोतका अनुसार रवि बाहेकका व्यक्तिहरूको हकमा भने शुक्रबार निर्णय भएको हो।

अब उनीहरूले सहकारी ठगीसम्बन्धी मुद्दा मात्रै सामना गर्नुपर्ने भएको छ। साथै, पीडितहरूको रकम फिर्ता गरिएमा मिलापत्रमार्फत मुद्दा टुंग्याउने बाटो पनि खुला गरिएको जनाइएको छ।