ओलीले नेता–कार्यकर्तालाई सामाजिक सञ्जाल सक्रिय हुन निर्देशन

167 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता–कार्यकर्तालाई सामाजिक सञ्जालको प्रयोग पार्टीको हितमा गर्न निर्देशन दिनुभएको छ।

एमाले राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा कसको प्रसंसा गर्ने, कसको खण्डन गर्ने र कससँग संवाद गर्ने थाहा पाउनुपर्नेमा जोड दिनुभयो। उहाँले हरेक नेता–कार्यकर्ताले आफैं सामाजिक सञ्जालमा सक्रिय हुनुपर्ने बताउँदै, कमसेकम दिनमा १० वटा एसएमएस, फेसबुक स्टाटस, कमेन्ट गर्न र राम्रा कुरालाई समर्थन गर्न, गलत कुराको विरुद्ध खण्डन गर्न आग्रह गर्नुभयो।

अध्यक्ष ओलीले साथीभाइका राम्रा पोस्ट लाइक गर्न र विरोधीको गालीका मुनि पहिलै कुरा बुझेर प्रतिक्रिया दिन पनि नेता–कार्यकर्तालाई निर्देशन दिनुभएको छ। उहाँले भने, “हामी सबै सामाजिक सञ्जालका योद्धा हौँ र हरेकले यो लडाईं लड्नुपर्छ।”