144
Shares
काठमाडौं । नेपाली कांग्रेसका शेरबहादुर देउवा समूहले गगन थापा समूहलाई निर्वाचन आयोगबाट ५ मिनेटभित्र बाहिर निस्कन चेतावनी दिएको छ।
अहिले निर्वाचन आयोग कान्तिपथस्थित परिसरमा दुई समूह धर्ना दिइरहेका छन्। थापा समूह आयोग भित्र छ भने देउवा समूह बाहिर धर्नामा छ। बाहिर रहेको देउवा समूहले थापा समूहलाई समयमै निस्किएन भने आयोगभित्र प्रवेश गर्ने चेतावनी पनि दिएको छ।
दुई समूहको धर्नाले आयोग वरिपरि सडकमा सवारी आवागमन अस्तव्यस्त बनेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया