काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्प प्रतिरोधी संरचना निर्माणको अभियानलाई थप प्रभावकारी बनाउनु आवश्यक भएको बताउनुभएको छ।
राष्ट्रिय भूकम्प दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी संस्था, निर्माण व्यवसायी र समुदायस्तरमा पूर्वतयारी, प्रतिकार्य र पुनःनिर्माण क्षमताको अभिवृद्धि गर्नुपर्ने बताए। साथै, खोज तथा उद्धारमा सबै तहका सरकारको क्षमतामा वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो।
भूप्रकृति जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि तीन तहका सरकारबीच सुदृढ समन्वय र प्रभावकारी शासकीय प्रणाली विकास सरकारको प्राथमिकतामा रहेको उहाँको भनाइ थियो। उनले सार्वजनिक र निजी लगानी, प्रविधिमा आधारित पूर्वसूचना प्रणालीको प्रभावकारी प्रयोग, र दिगो विकासमा आधारित कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने पनि बताए।
गृहमन्त्री अर्यालले पूर्वतयारी र बलियो संरचना निर्माणमा विशेष जोड दिनुपर्नेमा पुनः बल दिएर, भूकम्प प्रतिरोधी संरचना निर्माणलाई प्रभावकारी बनाउने आवश्यकता औँल्याउनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया