157
Shares
काठमाडौं आयोगले निर्वाचन आचारसंहिता पालना गर्न कुनै कसर बाँकी नराख्ने दाबी गरेको छ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुक्रबार राजनीतिक दलसँग आचारसंहिता सम्बन्धि छलफलका क्रममा निर्वाचन स्वतन्त्र र निष्पक्ष हुन सबै दल र उम्मेदवारलाई आग्रह गर्नुभयो। उनले मुलुकको अर्थतन्त्रलाई ध्यानमा राख्दै अनावश्यक खर्च नगर्न पनि निर्देशन दिनुभयो।
आयोगले उम्मेदवारहरूले खर्च गर्न सक्ने सीमा निर्धारण गरिसकेको हुँदा त्यसको पालना हुने विश्वास गरिएको छ। भण्डारीले निर्वाचनमा पैसा लेनदेन वा नियम उल्लङ्घन भेटिए कडा कारबाही गरिने चेतावनीसमेत दिनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया