गगन थापा नेतृत्वको टोली फेरि निर्वाचन आयोग जाँदै, कांग्रेसमा आधिकारिकता विवाद जारी

151 Shares

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको टोली फेरि आज निर्वाचन आयोग जाने तयारीमा छ।

यसअघि बिहीबार पनि सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा, पुष्पा भुसालसहित नेताहरू निर्वाचन आयोग पुगेका थिए। उनीहरूले विशेष महाधिवेशन सम्पन्न भइसकेको र त्यसबाट निर्वाचित नयाँ कार्यसमिति आयोगमा अद्यावधिक गर्न अनुरोध गर्दै पत्र बुझाएका थिए।

त्यसै दिन शेरबहादुर देउवा नेतृत्वको टोलीका नेताहरू पूर्णबहादुर खड्का, शशांक कोइराला, शेखर कोइराला पनि निर्वाचन आयोग पुगे। उनीहरूले गगन–विश्वसहितले जस्तै कांग्रेसको आधिकारिक नेतृत्व आफूहरू नै रहेको दाबी गरेका थिए।

कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमका अनुसार, आधिकारिकताको दाबी पुष्टि गर्न थापा नेतृत्वको पदाधिकारी टोली २ बजे निर्वाचन आयोग जाने तयारीमा रहेको छ।