रवि लामिछानेविरुद्धको आरोपपत्र संशोधन स्वीकृतिविरुद्ध सर्वोच्चमा रिट

161 Shares

काठमाडौं । रवि लामिछानेविरुद्ध दायर आरोपपत्र संशोधनका लागि स्वीकृति दिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिएको छ।

युवराज पौडेलले महान्यायाधिवक्ताको उक्त निर्णय संविधान र प्रचलित कानून विपरीत भएको दाबी गर्दै त्यसको बदरको मागसहित रिट निवेदन दायर गरेका हुन्।

सर्वोच्च अदालतको मुद्दा महाशाखामा दर्ता भएको रिट निवेदन हाल कर्मचारीहरूले अध्ययन गरिरहेका छन्। निवेदक पौडेलले मुद्दा फिर्ता हुनसक्ने जोखिम औँल्याउँदै अन्तिम फैसला नआउँदासम्म सम्बन्धित कामकारबाही अघि नबढाउन अन्तरिम आदेशसमेत माग गरेका छन्।

रिट निवेदनमाथि अध्ययनपछि दर्ता प्रक्रिया अगाडि बढ्ने वा नबढ्नेबारे निर्णय हुने सर्वोच्च अदालतले जनाएको छ।