सिलौटा प्रहारबाट भक्तपुरमा महिलाको हत्या, श्रीमान् पक्राउ

192 Shares

काठमाडौं । भक्तपुरमा सिलौटा प्रहारबाट एक महिलाको हत्या भएको छ। हत्या हुनेमा ३८ वर्षीया लालमाया तामाङ रहेको प्रहरीले जनाएको छ।

लालमायाको हत्या आरोपमा प्रहरीले उनकै श्रीमान् ३७ वर्षीय लनाम तामाङलाई पक्राउ गरेको छ। भक्तपुर नगरपालिका–३ वंशगोपाल डेगोमना डेरा गरी बस्दै आएका काभ्रेको तेमाल गाउँपालिका–९ स्थायी घर भएका लनामलाई बिहीबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रहरीका अनुसार वादविवादको क्रममा सिलौटा प्रहार गर्दा लालमायाको मृत्यु भएको भन्ने जानकारी प्राप्त हुनासाथ घटनास्थलमा खटिएको प्रहरी टोलीले लनामलाई नियन्त्रणमा लिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।