कालीमाटीले तोक्यो आजको फलफूल तथा तरकारीको थोक मूल्य

162 Shares

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार गोलभेँडातर्फ ठूलो (भारतीय) प्रतिकिलो १०५ रुपैयाँ, सानो (लोकल) ६५, सानो (टनेल) ९५, सानो (भारतीय) ८५ र सानो (तराई) ९० रुपैयाँ तोकिएको छ। आलु रातो ३२ र आलु रातो (भारतीय) २७ रुपैयाँ प्रतिकिलो रहेको छ भने प्याज सुकेको (भारतीय) ४६ रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

तरकारीतर्फ गाजर (लोकल) ७०, गाजर (तराई) ६०, बन्दा (लोकल) ८०, बन्दा (तराई) ५५, काउली स्थानीय १२०, काउली (ज्यापू) १४० र काउली तराई १०० रुपैयाँ प्रतिकिलो तोकिएको छ। यस्तै रातो मूला ४०, सेतो मूला (लोकल) २२, भन्टा लाम्चो ७०, भन्टा डल्लो ८० र मकै बोडी ५० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

दलहन र अन्य तरकारीमा मटरकोसा ७०, घिउ सिमी (लोकल) १४०, घिउ सिमी (हाइब्रिड) १२०, टाटे सिमी १००, करेला १८०, लौका ९०, घिरौँला ११०, फर्सी ५०, भिन्डी १२०, स्कुस ९० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

सागसब्जीतर्फ रायोसाग ४५, पालुङ्गो ८०, तोरीको साग ५०, हरियो प्याज ५०, च्याउ (कन्य) १४०, राजा च्याउ ३०० र सिताके च्याउ १,००० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। कुरिलो प्रतिकिलो २,०५० रुपैयाँ पुगेको छ।

फलफूलतर्फ स्याउ (झोले) २८०, स्याउ (फुजी) ३८०, केरा (दर्जन) १८०, कागती १००, अनार ३५०, सुन्तला १४०, तरबुजा १००, मेवा (नेपाली) ७०, स्ट्रबेरी ५००, किबी ३०० र एभोकाडो ३५० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

मसला तथा अन्य वस्तुमा अदुवा १००, सुकेको खुर्सानी ४२०, हरियो खुर्सानी १२०, अकबरे खुर्सानी ६५०, लसुन (चाइनिज) २८०, लसुन (नेपाली) १६० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ। माछातर्फ ताजा माछा (रहु) ३४०, बचुवा २८० र छडी २५० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।