आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

176 Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहीबार घटेको सुनको मूल्यमा कारोबार साताको अन्तिम दिन भने गिरावट आएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार २०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ७०० रुपैयाँले बढेको हो । 

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन ५ हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदी आज मूल्य बढेसँगै ५ हजार ६४५ मा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा यो मूल्य १६० को अन्तर हो ।