160
Shares
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन्। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति घोषणा गरेपछि खड्काले पत्रकार सम्मेलन गर्न लागेका हुन्।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको छ।
कार्यवाहक सभापति खड्काले पार्टीका केन्द्रीय नेताहरूको उपस्थितिमा समसामयिक राजनीतिक तथा पार्टीगत विषयमा धारणा सार्वजनिक गर्ने मुख्य सचिव पौडेलले जानकारी दिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया