काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र आफ्नो पार्टीविरुद्ध षड्यन्त्र भइरहेको दाबी गरेका छन् । यस्तो षड्यन्त्र प्रतिक्रियावादी शक्तिहरूले गरिरहेको उनको भनाइ छ ।
बिहीबार काठमाडौंमा आयोजित ४२ औँ पिस्कर सहिद स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलन स्थापना भएदेखि नै षड्यन्त्र सुरु भएको र अहिले पनि निरन्तर चलिरहेको बताए ।
‘प्रतिक्रियावादीहरूले विगतदेखि नै षड्यन्त्र गर्दै आएका छन्,’ ओलीले भने, ‘हामी प्रतिक्रियावादी शक्तिको दया, माया र कृपाले यहाँ आएका होइनौँ । संघर्ष गरेर यहाँ आएका हौँ र संघर्ष गरेरै टिकेका हौँ ।’
अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरूका षड्यन्त्र सफल हुन नदिने स्पष्ट गरे । नेकपा एमाले पार्टी रहँदासम्म देश र पार्टीविरुद्ध गरिने कुनै पनि षड्यन्त्र सफल नहुने उनको जिकिर छ ।
‘हामी देशविरुद्ध र हाम्रो पार्टीविरुद्ध भइरहेका कुनै पनि षड्यन्त्र सफल हुन दिने छैनौँ,’ उनले भने, ‘नेपाल हार्दैन, हार्न दिइने छैन । किनभने यहाँ नेकपा एमाले छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया