काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) र मिराज ढुंगानाको नेतृत्वमा रहेको जेनजी समूहबीच चार बुँदे सहमति भएको छ ।
बिहीबार नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जेनजी समूहका नेता मिराज ढुंगानाले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमति अनुसार दुवै पक्षले वर्तमान राजनीतिक संकट समाधानका लागि संयुक्त रूपमा संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन् ।
सर्वपक्षीय सहमति निर्माण तथा अन्तरिम सरकार गठनका लागि संयुक्त संघर्ष गर्ने
जेनजी विद्रोहका मागहरू पूरा गर्न संघर्ष गर्ने
आन्दोलन र जनताको चाहनाअनुसार संविधान संशोधन गरी स्थिर सरकार गठनका लागि पहल गर्ने
भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन तथा राज्यको अग्रगामी पुनर्संरचनाका लागि संघर्ष गर्ने
दुवै पक्षले सहमतिलाई व्यवहारमा उतार्दै संयुक्त आन्दोलनको रूपरेखा चाँडै सार्वजनिक गर्ने संकेत गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया