160
Shares
काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै घोषणा पत्र तयार पार्न समिति गठन गरेको छ ।
विशेष महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय समितिको बैठकले सभापति गगन थापाकै नेतृत्वमा चुनावी घोषणा पत्र लेखन समिति गठन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।
त्यसैगरी बैठकले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा चुनाव परिचालन समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
प्रवक्ता चालिसेले पार्टीका अभिलेखहरू अद्यावधिक गर्ने कामसमेत तत्काल सुरु गरिने जानकारी दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया