अमेरिकाले ७५ देशमा रोक्यो आप्रवासी भिषा, कुन कुन देश परे ? (नामसहित)

152 Shares

काठमाडौं । अमेरिकाले विभिन्न ७५ देशका नागरिकलाई आप्रवासी भिषा बन्द गरेको छ । अमेरिकी विदेश मन्त्रालयले बुधबार यस्तो निर्णय गरेको हो । 

अमेरिकी विदेशमन्त्री मार्को रुबियोका अनुसार, निर्णय नोभेम्बरमा जारी गरिएको बृहत्तर आदेशअनुरूप हो र अमेरिकी सरकारमाथि आर्थिक भार बन्न सक्ने सम्भावित आप्रवासीका भिसा स्थगित गर्ने निर्णय भएको हो ।

७५ देशहरुको सूचीः
१. अफगानिस्तान, २.अल्बानिया, ३.अल्जेरिया, ४.एन्टिगुवा र बारबुडा, ५.अर्मेनिया, ६.अजरबैजान, ७. बहामास, ८. बंगलादेश, ९. बार्बाडोस, १०. बेलारुस

११. बेलिज, १२. भुटान, १३. बोस्निया, १४. ब्राजिल, १५. बर्मा (म्यानमार), १६. कम्बोडिया, १७. क्यामरुन, १८. केप भर्डे, १९. कोलम्बिया, २०. कंगो

२१. क्युबा, २२. डोमिनिका, २३. इजिप्ट, २४. एरिट्रिया, २५. इथियोपिया, २६. फिजी, २७. गाम्बिया, २८. जर्जिया, २९. घाना, ३०. ग्रेनाडा

३१. ग्वाटेमाला, ३२. गिनी, ३३. हाइटी, ३४. इरान, ३५. इराक, ३६. आइभोरी कोस्ट, ३७. जमैका, ३८. जोर्डन, ३९. काजाकिस्तान, ४०. कोसोभो

४१. कुवेत, ४२. किर्गिस्तान, ४३. लाओस, ४४. लेबनान, ४५. लाइबेरिया, ४६. लिबिया, ४७. म्यासेडोनिया, ४८. मोल्डोभा, ४९. मंगोलिया, ५०. मोन्टेनेग्रो

५१. मोरक्को, ५२. नेपाल, ५३. निकारागुआ, ५४. नाइजेरिया, ५५. पाकिस्तान, ५६. गणतन्त्र कंगो, ५७. रुस, ५८. रुवाण्डा, ५९. सेन्ट किट्स र नेभिस, ६०. सेन्ट लुसिया

६१. सेन्ट भिन्सेन्ट र ग्रेनाडिन्स, ६२. सेनेगल, ६३. सियरा लियोन, ६४. सोमालिया, ६५. दक्षिण सुडान, ६६. सुडान, ६७. सिरिया, ६८. तान्जानिया, ६९. थाइल्याण्ड, ७०. टोगो

७१. ट्युनिसिया, ७२. युगान्डा, ७३. उरुग्वे, ७४. उज्वेकिस्तान र ७५. यमन