आजको मौसम, कुन प्रदेशमा कस्तो छ प्रभाव ?

134 Shares

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिन अनुसार यसको प्रभावले देशका केही पहाडी भू–भागमा आंशिक बदली र तराईमा कुहिरो लाग्ने सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ । तराईका केही स्थानहरूमा भने हल्का कुहिरो लाग्ने सम्भावना छ । देशका बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । 

यसैगरी, आज राति पनि कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली कायम रहनेछ । तराईका केही ठाउँहरूमा कुहिरो र हुस्सु लाग्ने सम्भावना रहेको र बाँकी क्षेत्रमा भने मौसम सफा रहने महाशाखाले जनाएको छ ।