देउवा नेतृत्वमा रहेको केन्द्रिय कार्य समिति भंग भइसक्योः गगन थापा

160 Shares

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको केन्द्रिय कार्य समिति भंग भइसकेको बताएका छन् । 
बुधवार काठमाडौंस्थित विशेष महाधिवेशनस्थलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

आफूहरु नयाँ कार्य समिति चयन गर्ने क्रममा रहेको उनले बताए । उनले विशेष महाधिवेशनबारे समयमै निर्वाचन आयोगलाई जानकारी गराइसकेको पनि बताए । उनले काँग्रेसको केन्द्रिय कार्य समितिको बैठकले आफूहरुलाई निष्कासन गरेको सुनेको भन्दै काँग्रेस कसैको निजी कम्पनी नभएको टिप्पणी गरे । 

उनले भने, ‘अहिले समाचार सुनेँ । नेपाली काँग्रेसको केन्द्रिय कार्य समितिको बैठकले दुई जना महामन्त्री र एक जना सहमहामन्त्रीलाई निकाल्यो । तपाईंहरुको प्राइभेट कम्पनी हो निकाल्नलाई ? नेपाली काँग्रेसको झण्डा बोकेर हिँड्दै गर्दा ९ कक्षामा थिएँ । २०६२/Gagan Thapa.jpg०६३ को आन्दोलनमा लड्यौँ । २४८८ जना महाधिवेशन प्रतिनिधि जम्मा भएको स्थल हो यो । तपाईंहरु मात्रै निर्वाचन आयोग जानुहुन्छ ? त्यही निर्वाचन आयोगमा यही महाधिवेशन स्थलमा शुरु भएर त्यो विशेष महाधिवेशन समयमै निर्वाचन आयोगलाई जानकारी गराइसकिएको छ । काँग्रेस अहिले विशेष महाधिवेशनको क्रममा छ । हाम्रो श्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रिय कार्यसमिति भंग भइसक्यो । हामी अब नयाँ कार्यसमिति चयन गर्ने क्रममा छौँ ।’

उनले वास्तविक नेपाली काँग्रेस आफूहरु भएको दाबी गरे ।