काठमाडौं । नेपाली कांग्रेसमा आधिकारिक रुपमा फूट आएको छ । बुधबार संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरुमाथि कारबाही गरेसँगै नेपाली कांग्रेस पाटीमा फूट आएको हो ।
आइतबारदेखि भृकुटीमण्डपमा विशेष महाधिवेशनको आयोजना गरी पटक–पटक संस्थापन पक्षसँग वार्ता गरे पनि त्यो सफल नभए पछि आज कांग्रेस फुटेको छ । उनीहरुले अलग्गै नेतृत्व चयनको तयारी चलिरहँदा सानेपामा बसेको केन्द्रीय समिति बैठकले ३ जनालाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको हो ।
पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आव्हान गरेकोले उनीहरूलाई केन्द्रीय कार्य समिति बैठकबाट निष्कासन गर्ने निर्णय गरिएको बताइएको छ । यस्तो निर्णय गरेको संस्थापन पक्ष सो कुराको जानकारी दिन निर्वाचन आयोगमा समेत पुगेको छ । विशेष महाधिवेशन आयोजना नभएको भन्दै निर्वाचन आयोगलाई यस सम्बन्धी कुनै दावी आएमा त्यसलाई वैधानिक नमान्न पत्र पठाएको हो ।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले भने महामन्त्रीद्वय थापा र शर्माका सार्थ सहमामन्त्री फर्मुल्लाह मन्सुरमाथि गरिएको कारबाहीलार्य खारेज गरेकोछ । विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले वक्तव्य जारी गर्दै कथित निष्कासन प्रकरणलाई महाधिवेशनको हलले खारेज गरेको बताएका छन् ।
उनले कारवाहीको प्रोपगाण्डाबाट विचलित नहुन आह्वान गर्दै विशेष महाधिवेशनबाट अनुमोदित पार्टी नेतृत्व नै आधिकारिक हुने दावी गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया