काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अन्ततः सुरु भएको छ । बिहान ८ बजेका लागि बोलाइएको बैठक करिब ६ घन्टापछि सुरु भएको हो ।
यसअघि हिजो दिउँसो १ बजेका लागि डाकिएको बैठक बेलुकी साढे ७ बजे सुरु भएलगत्तै स्थगित गरिएको थियो । बुधबारको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सुरु भएको हो ।
नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनको विषयमा विवाद चर्किँदै गएको छ । यही विवादका बीच महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका थिए ।
हाल विशेष महाधिवेशनमा नेतृत्व चयनका लागि मनोनयनलगायतका प्रक्रिया अघि बढिरहेको छ । पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेताहरूबीच छलफल पनि जारी रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया