कांग्रेस विशेष महाधिवेशन पक्षद्वारा संस्थापनसँग वार्ताका लागि ८ बुँदे प्रस्ताव

182 Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टीको संस्थापन समूहसँग वार्ताका लागि ८ बुँदे प्रस्ताव प्रस्तुत गरेको छ ।

प्रस्तावमा महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर अघि बढ्ने विषय समेत समेटिएको छ ।

विशेष महाधिवेशन पक्षले अघि सारेका प्रस्तावका मुख्य बुँदाहरू यसप्रकार छन्:

  1. कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने

  2. विशेष महाधिवेशनको स्वामित्व पार्टीले लिनुपर्ने

  3. प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने

  4. कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने

  5. टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने

  6. निर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने

  7. उम्मेदवारको टिकटमा सभापति देउवाले हस्ताक्षर गर्न नपाउने

  8. विशेष महाधिवेशनमा पेस गरिएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीका रूपमा ग्रहण गर्नुपर्ने